प्रहरीलाई देखेर हृदयघात भई महिलाको मृत्यु



राजविराज : सप्तरीमा मंगलबार बिहान एक महिलाको हृदयघात कारण मृत्यु भएको छ।  विद्युतचुहावट नियन्त्रणका लागि प्रहरीसहित खटिएको विद्युत कर्मचारीको टोली राजगढ गाउँपालिका २, की ४० वर्षीया सवितादेवी झाको घरमा पुगेपछि हृदयघात भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

विद्युत चोरी नियन्त्रणका नाममा राति ४ बजे नै घरमा पसेर प्रहरीसहितको टोलीले वादविवाद गर्न थालेपछि त्रसित भएर सवितालाई हृदयघात भएको  उनका पति अनिल झाले बताए।

 

‘सुतिरहेको वेला हतियारसहित घरमा पसेर हप्काउन थाले,’ उनले भने,‘त्यही डरले बेहोस भएर उनी लडिन्।’ सविताको मृत्युपछि आक्रोसित बनेका स्थानीयले पोष्टमार्टमका लागि शव उठाउन दिएका छैनन्।

 

प्रहरीले घटनाको जिम्मेवारी लिएर परिवारलाई राहत र क्षतिपूर्ति दिने सम्झौता नभएसम्म शव उठाउन नदिने वडा अध्यक्ष ललितनारायण सिंहले बताए। 

प्रतिक्रिया दिनुहोस्