फ्रस्टेसन भएमा के गर्ने ?



फ्रस्टेसन पहिलो स्टेजमा भएको मानिसलाई काम गर्न मन नलाग्ने, मन दुःखी भइरहने हुन्छ । यस्तो अवस्थामा खुसी हुने उपायको खोजी गर्ने ।

साथीभाइसँग खुलेर आफ्नो समस्याका विषयमा कुरा गर्ने ।

समयमा खाने, पूरा निद्रा सुत्ने, मन परेको गीत सुन्ने, घुम्न जाने तथा रचनात्मक काममा व्यस्त रहने गर्नुपर्छ ।

व्यायाम गर्नुस्, योगा गरेर मन खुसी राख्न प्रयास गर्नुस् । विगतका कुरा सम्झेर दुःखी नहुनुस् । सकारात्मक कुरामा मात्रै ध्यान केन्द्रित गर्नुस् ।

अहिलेको अवस्थामा तपाईंको सामु उपलब्ध राम्रा कुरा, जसले आशाको सञ्चार गराउन सक्छन्, जस्तो तपाईंको वरपरको हरियाली वातावरण, तपाईंको मिल्ने साथी, तपाईंले माया गरेर घरमा पालेको जनावर इत्यादिलाई नियाल्नुस् । लामो सास लिनुहोस् । यति गर्दा पनि मन शान्त नभएमा मनोपरामर्शदाता वा चिकित्सककोमा जानुपर्छ । साइकोथेरापी वा औषधिको सेवनले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ ।

फ्रस्टेसनका तीन स्टेजमध्ये पहिलो र दोस्रो स्टेजका बिरामीले सही परामर्शबाट पनि समस्या समाधान गर्छन् । तेस्रो अवस्थामा पुगेमा चिकित्सकको सल्लाहअनुरूप औषधि सेवन गर्नुपर्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्