नेपाल र कुवेतबीचको खेल भूटानमा हुने


काठमाडौं : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ ।

विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त खेल यसअघि दशरथ रङ्गशालामा आगामी मङ्सिर ३ गतेका लागि तय भएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एशियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।

एन्फाले नेपाल र कुवेतबीचको खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ । दशरथ रङ्गशालामा २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ । नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २–० गोलले पराजित गरेको थियो । त्यसपछि नेपाल अष्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको

काभ्रेपलाञ्चोक: जिल्लाको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७

भीमदत्तनगर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने