आजको राशिफल : कार्तिक २६ गते, मंगलबार


आज – २६ कार्तिक २०७६ मंगलवार को राशिफल

काठमाडौंमा सूर्योदय ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २७ घडी ०१ पला । पूर्णिमा व्रत। कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति। मन्वादि। सकिमना पुन्ही। थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान। बराहक्षेत्रमा धार्मिक मेला समाप्ति। डोटीको सिलगढीमा शैलेश्वरी जाँत। त्रिपुरोत्सव। निम्बार्काचार्य जयन्ती। गुरुनानक जयन्ती।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटावपनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधापनि आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रुपनि क्षय होलान् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रापनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानिपनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १