ग्यास विस्फोट हुँदा गम्भीर घाइते



बाँके : बाँकेको कोहलपुर निवासी चूडामणि शर्मा घरमा खाना पकाउने चुल्होमा प्रयोग हुने ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएका छन । कोहलपुर न्युरोड गोलपार्क नजिकै रहेको शर्माको घरको माथिल्लो तल्लामा रहेको ग्यास चुहिएर कोठाबाट बाहिर जान नपाएपछि विस्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार घरका सबै झ्यालढोका बन्द भएकाले ग्यास फैलिन नपाएर विस्फोट भएको हो । विस्फोटबाट घरका झ्याल, ढोकाका साथै कोठामा राखिएका सामग्रीहरुमा क्षति पुगेको छ । विस्फोटमा घाइते भएका घरधनी पौडेललाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा सम्भव नभएपछि नेपालगञ्ज पठाइएको छ । घरमा अरू कोही नभएकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्