राष्ट्रपति सीको भ्रमणपछि चिनियाँ पर्यटकको संख्या बढ्यो



काठमाडौं : चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्न थालेको छ। भ्रमणका क्रममा चिनफिङले नेपाल दक्षिण एसियामा चिनियाँले मन पराउने मुलुक भएको, भ्रमण वर्षमा चीनले सहयोग गर्ने र चिनियाँको आकर्षणको गन्तव्य लुम्बिनी भएको बताएका थिए।

राष्ट्रपतिको भ्रमणले चिनियाँको नेपाल भ्रमण बढाउन सहयोग पुर्‍याएको पर्यटन व्यवसायी बताउँछन्। एउटै भ्रमण टोलीमा १ सय १५ चिनियाँ पर्यटक नेपाल घुम्न आएको विषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले सीको भ्रणमको सकारात्मक प्रभावका रूपमा मंगलबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। चिनियाँ पर्यटक वृद्धि सन् २०२० को निम्ति पनि राम्रो संकेत भएको मन्त्री भट्टराईको भनाइ छ।

नेपाल एसोसिएसन अफ टुर अपरेटर्स ९नाटो०का अध्यक्ष अशोक पोखरेल सीको भ्रमणले पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको बताउँछन्। सी उच्च स्तरका व्यक्तित्व भएकाले सी जहाँ गयो त्यति चिनियाँ पर्यटक जाने र सीले सकारात्मक प्रतिक्रिया दिएका मुलुकमा देशका पर्यटक जान खोज्नुलाई सकारात्मक नै मान्नुपर्ने बुझाइ पोखरेलको छ। अपेच्छाअनुसार र एकैपटक ह्वात्तै बढेको भने होइन। नेपालमा सन् २००१ देखि नै चिनियाँ पर्यटक भिœयाउँदै आएका सुवाङची टुर्सका प्रबन्ध निर्देशक विशेष श्रेष्ठका अनुसार पछिल्लो समय चिनियाँ पर्यटकको पहुँच र हवाई सञ्जाल बढेको छ।

वायुसेवा निगमको शाङहाइ उडान हुँदा यो ट्राभलले २० वटा चिनियाँ पर्यटकको कोटा पाउने गरेको थियो। त्यो समयदेखि अहिले असीमित पर्यटक ल्याउन पाउने समयलाई हेर्दा चिनियाँको नेपालप्रतिको आकर्षण बढेको बुझाइ श्रेष्ठको छ। उनका अनुसार सीको भ्रमण पछिल्लो समय एउटा कारण हुन पनि सक्छ तर मुख्य कारण चाहिँ कनेक्टिभिटी नै हो। आजको अन्न्पूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्