पहिलाे नेपाल आइडल बुद्धको ‘सानी’ लाई साढे १६ करोड भ्यु



काठमाडौं : प्रथम नेपाल आइडलको उपाधि विजेता बुद्ध लामाले गाएको ‘सानी नरिसाऊ न, मलाई फकाउन आउँदैन’ बोलको पछिल्लो गीतले मंगलबार साँझसम्म टिकटमा एक सय ६४ दशमलव २ मिलियन (१६ करोड ४२ लाख) भ्यु पाएको छ।

 

यही गीतको भिडियो युट्युबमा मंगलबार साँझसम्म ४१ लाख ५० हजारले हेरेका छन्। भिडियो २०१८ को सेप्टेम्बर ६ तारिखमा युट्युबमा प्रकाशित गरिएको हो। भिडियोमा लाइक पनि त्यत्तिकै छ।

 

आशुसेन लामाको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा बुद्ध आफैं लिड रोलमा छन्। उनलाई विनिताले अभिनयमा साथ दिएकी छन्। भिडियोका निर्देशक मोहनराज अधिकारी हुन् भने पोरियोग्राफर सञ्जय लामा हुन्। भिडियो अमेश बज्राचार्यले खिचेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्