मर्न लागेका बाबुलार्इ जब छाेराले घरबाट टाढा वेवारिसे अवस्थामा छाेडे…



जनकपुरधाम: धनुषा जिल्लाको मिथिला नगरपालिका बेला चापीमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । मृतक केही दिनदेखि वेपत्ता भएका ७५ वर्षीय बहेड़ा फुलगामा निवासी रामचन्द्र महतो रहेको महेन्द्र नगर प्रहरी चौकीले बताएकाे छ ।

 

चौकी इन्चार्ज अरुण कुशवाहा अनुसार वृद्धलाई तीन चार दिन पहिले नै आफ्नै आफन्तले वेवारिसे अवस्थामा छोडेर गएका थिए । स्थानियलाई उधृत गर्दै कुशवाहाले भने राति नै मृत्यु भएको हुन सक्छ । मुचुल्का उठाई सकेकाले आफन्तलाई झिकाउने तयारी भइरहेकाे कुशवाहाले बताए ।

 

महेन्द्रनगर बटेश्वर जाने बाटोको बेलाचापी नजिक सिमल गाछीको तल चार पाँच दिन अगाडि उनका छोराहरुले जिउँदै छाेडेकाे स्थानियहरु बताउँछन्। 

 

मृतक वृद्धको शरीरमा किरा पनि परेकोले शवलार्इ पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाउने तयारी भइरहेको चौकी इन्चार्ज कुशवाहाले नेपालटपलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्