विप्लवका दाजु दाङको अस्पतालमा, छोरा काठमाडौंको अस्पतालमा



काठमाडौं : गत असोज ३० गते पक्राउ परी जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेत्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धीत नेपाल कम्युनिस्ट पार्टीका मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द वीरजंगलाई छाती र घाटीमा समस्या देखिएपछि दाङको स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिबन्धित नेकपाको भातृ संगठन जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले यस कुराको जानकारी दिएका हुन् । चन्द्रबहादुर विप्लवका दाजु हुन् । विप्लवका दाजु दाङमा विरामी भएर अस्पतालमा भर्ना भइरहँदा काठमाडौंमा विप्लवका जेठा छोरा वियस चन्द समेत स्वास्थमा समस्या देखिएपछि एक महिना देखि काठमाडौं हस्पिटलमा उपचाररत छन् ।

गत असोज ३० गते राति दाङ राजपुर गाउँपालिका मुङग्रेठामा पार्टीको राप्ती ब्युरोको बैठक स्थलबाट प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएका नेता चन्द अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा छन् । केही दिनदेखि विरामी परेका उनलाई परिवारले अस्पतालमा लैजादा चिकित्सकहरुले भर्ना गर्न भने पनि दाङ प्रहरीले मानेको थिएन । उनको स्वास्थ्य थप विग्रिदै गएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्