बुहारी रोईकराई गरेपछि मन्त्रीपरिषद पुर्नगठनमा ढिलाई



काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतका सचिवालयका नेताहरुसँग घनिभुत छलफल गरेको बताईन्छ ।

आफ्नो स्प्रिटअनुसार कार्यसम्पादन नगरेका मन्त्रीलाई बिदाई गर्ने मनस्थितिमा पुगेका प्रधानमन्त्री ओलीले कार्यसम्पादन र कामको मूल्यांकनको आधारमा वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको श्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डका बुहारी खानेपानी तथा सरसफाईमन्त्री बिना थापा मगरको कामबाट सन्तुष्ट नभई हटाउने कुरा गरेका थिए । तर त्यसमा प्रचण्ड असहमत भएपछि दशैं लगत्तै गर्ने भनिएको मन्त्रीमण्डल पुर्नगठन हुन सकेको थिएन ।

मन्त्रीबाट फुस्किने भएपछि आफ्नी सासु सीतासँग गएर मन्त्री बिना थापा मगरले रोईलो गरेको बताईन्छ । सासु सीतासँग रोईकराई गरेपछि प्रचण्ड पनि अलमलमा परेका छन् ।

बुहारी मन्त्री मगरका कारण प्रचण्ड तनावमा परेपछि उनलाई खानेपानी मन्त्रालयबाट सारेर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री वा युवा तथा खेलकुद मन्त्री बनाउने छलफल पनि अघि बढेको बताईन्छ ।

मन्त्रीपरिषदमा मन्त्री मगर विशेष बाध्यतात्मक अवस्थाको कारण कायम भएपनि उनको जिम्मेवारी भने फेरिने भएको हो । यही कारणले अध्यक्ष प्रचण्डले नाम दिन ढिलाई गर्दा मन्त्रीपरिषद पुर्नगठनमा पनि ढिलाई भएको बालुवाटार श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्