लहान अस्पताललाई सुविधायुक्त बनाइने



लहान : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गरे । बिहान ८ बजेतिर अस्पताल पुगेका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको अस्पताल बनाउने घोषणा गरे । 

 

अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिदै अब श्ययाका आधारमा नभई तहका आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिए । 

 

अब अस्पतालहरू ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘ट्रोसियल’ गरी तीन तहमा वर्गीकरण गरी सोही अनुसारको अस्पतालहरूको विस्तार गरिने उनको कथन थियो । अस्पतालमा देखिएका कमीकमजोरीलाई तत्काल सुधार गरी जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उनले अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए । 

 

अस्पताल निरीक्षणका क्रममा अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराए । यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले बिहीबार बिहान लहान नगरपालिका–३ मा स्थापना हुने बाल अस्पताल जग्गाको समेत स्थलगत निरीक्षण गरे । 

प्रतिक्रिया दिनुहोस्