ट्रयाक्टर चोरी गरेर भाग्दै गर्दा पक्राउ



जनकपुरधाम : धनुषाबाट एक ट्रयाक्टर चोरी गरेर भाग्दै गर्दा प्रहरीले ट्रयाक्टरसहित एकजनालाई नियन्त्रणमा लिएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ बाट राति ट्रयाक्टर चोरी गरेर भाग्दै गरेका एकजनालाई ढल्केबरबाट प्रहरीले पक्राउ गरेको हो।

 

 पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका-४ बस्ने १८ वर्षीय रामकुमार सहनी रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। जनकपुरधाम उपमहानगरपालिका-८ स्थित बागबानीनजिकै सञ्चालित जयनाथ साहको बालुवा गिट्टीको डिप्पोमा ट्रयाक्टर लिएर फरार भएका थिए। 

 

ना. १ त. ५८८६ नम्बरको ट्रयाक्टर सहनीले चलाएर भाग्दै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढल्केबरमा गस्तीमा रहेका प्रहरीले ट्रयाक्टर रोकेर चेकजाँच गर्दा चोरीको ट्रयाक्टर ठहरिएकोले तत्काल पक्राउ गरिएको जनाएको छ। 

 

ट्रयाक्टरको साँचो डिपाेमै काम गर्ने एकजना कामदारले दिएपछि चोरी गरेर भागेको सहनीले प्रहरीसमक्ष बयान दिएका छन्। चोरी घटनामा अन्य व्यक्तिहरुको संलग्नतासमेत रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्