एक युवतीका लागि १ अर्ब अफर गर्ने यी हुन साउदीका नयाँ युवराज



एजेन्सी : मानिस यौनको मामलामा यति आशंक्ति हुन्छ कि उसले यौनकै लागि एक रातको १ अर्ब तिर्न समेत तयार हुन्छन् । यो घटना सुन्दा जोकोहीलाई अचम्म लाग्छ । हो यस्तै गथर्ने साउदी अरबका राजकुमार मोहम्मद बिन नयेफ पनि ।

उनले एक अमेरिकी टेलिभिजन सेलिब्रिटी किम कार्दासियनलाई एक रातको एक अर्बको अफर गरेका थिए । उनै नयेफ अहिले बर्खास्तीमा परेका छन् । साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् । राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् ।

युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । यो भन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए । मिडिया रिपोर्ट अनुसार युवराजाधिराज मोहम्मदलाई दुई वर्ष पहिलेसम्म कसैले चिन्दैनथे । यद्यपी, बुवा राजा बनेपछि उनले निकै तीब्र रुपमा देशको सत्तामा आफ्नो पकड जमाएका छन् ।

क्राउन प्रिन्स सलमान आफ्ना परिवारका अन्य सदस्यजस्तै विलासी जीवनशैलीका निकै शौखिन छन् । उनले केही समय अघि एक सुपर लक्जरी याच (डुङ्गा) खरिद गरेका थिए जसका कारण उनी मिडियामा चर्चित भएका थिए । उनले १ रातको पार्टीका लागि करोडौं रकम पनि खर्च गरिसकेका छन् ।

युवराजाधिराज मोहम्मदले आफूसँग एक रात बिताउनका लागि किम कार्दासियनलाई १ अर्बको अफर दिएका थिए । कार्दासियनका श्रीमान् कान्ये वेस्टले एक ट्वीटमा आफू ५.३ करोड डलरको ऋणमा डुबेको बताएका थिए ।

यसबारे जब युवराजाधिराजलाई सोधियो तब उनले आफूलाई कान्येमा केही रुची नभएको तर यदि उनले श्रीमती (किम कार्दासियनलाई एक रातका लागि उनका लागि ल्याए उनलाई १ करोड डलर (१ अर्ब रुपैयाँ) दिने बताएका थिए । उनको यो बयान पश्चिमी मिडियामा निकै चर्चित बन्यो ।

एक रातमा ८२ करोड स्वाहा

युवराजाधिराज मोहम्मदले केही वर्ष पहिले माल्दिभ्समा आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए । मिडिया रिपोर्ट अनुसार एक रातको पार्टीका लागि सलमानले ८० लाख डलर (८२ करोड रुपैयाँ) रित्ताएका थिए ।

उक्त पार्टीमा पिट बुल, जेनिफर लोपेज र शकिराजस्ता सेलिब्रिटीलाई बोलाईको थियो । साथै, गेंगनम स्टाइल फेम पिएसवाई पनि उक्त पार्टीमा उपस्थित थिए । उनले उक्त पार्टीमा छिमेकी देशका थुप्रै युवराजाधिराज र चर्चित हस्तीलाई आमन्त्रण गरेका थिए ।

तीन अर्ब डलरको सम्पत्ति

युवराजाधिराज मोहम्मद बिन सलमान साउदी शाही परिवारका शीर्ष १० धनीमा समावेश छन् । ‘द टप रिचेस्ट’ नामको वेबसाइट अनुसार उनको कूल सम्पत्ति करिब ३ अर्ब डलर छ । सलमान इकोनोमिक काउन्सिल एण्ड डेभलपमेन्ट अफ साउदी अरबका प्रमुख पनि हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको पहिलो विदेश भ्रमणमा साउदी अरब बोलाउनुमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्