पति निक जोनका साथ याे काम गर्न किन चाहँदिनन् प्रियंका ?



फाइल फोटो

एजेन्सी : ग्लोबल आइकन प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्र नभएर हलिउडमा समेत दमदार जोडीका रुपमा चिनिन्छन् । प्रियंका र निक बिच माया, बोन्डिङ, क्यामेस्ट्री बलियो छ । दुबैजना एक अर्कालाई निकै नै माया गर्छन् । तर एउटा काम यस्तो छ जुन प्रियंकाले आफ्ना श्रीमानका साथ गर्न चाहन्नन् ।

प्रियंकाले एक च्याट शोमा बताइन्, उनी निक जोनसकासाथ प्रोफेशनली कुनै पनि गीत गाउन चाहँदिनन् । म्यूजिककी शौखिन् उनी निकका साथ उनको सुपरहिट गीत गुनगुनाइरहेकी देखिन्छिन् तर पनि उनी प्रोफेशनल तरिकाले निकका साथ गीत गाउन भने चाहँदिनन् ।

Image result for priyanka chopra and nick jonas"
फाइल फोटो

निकसँग किन गीत गाउन चाहँदिनन् प्रियंका ?

उक्त शोमा प्रियंकाले बताइन् , उनलाई म्यूजिक मन पर्छ, तर यो फिल्डमा उनलाई धेरै जानकारी छैन् । यसैकारण उनी निकसँग गीत गाउने हिम्मत राख्दिनन् । प्रियंकाले भनिन्, निकले आफै गीत बनाउँछन् । लिरिक्स लेख्छन् र आफै कम्पोज पनि गर्छन् ।

प्रियंकाले यो पनि बताइन्, निकले हरेक बिहान उनको लागि पियानो बजाएर गीत गाउँछन् ।

उनी अब छिट्टै बलिउड फिल्म द ह्वाइ टाइगरमा देखिँदैछिन् । यस फिल्ममा उनकासाथ राजकुमार राप पनि प्रमुख भूमिकामा छन् । यसका अलवा प्रियंकासँग धेरै हलिउड प्रोजेक्टस्हरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस्