कर्मचारीसँगको मिलेमतोमा ठेकेदारले पार्छन चामल गायव ?



हुम्ला : दुर्गम ठाउँको लागि सरकारले पठाएको चामल बीचैमा हराउने गरेको तथ्य सार्वजनिक भएको छ । यसरी नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गमका गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै हराउने गरेको पाइएको हो ।

हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र मुगुको गमगढी वितरण केन्द्रबाट पठाइएको चामल बीचैमा हराएपछि खाद्यान्न सम्बन्धित स्थानमा नपुगेको पाइएको छ । खाद्य संस्थानले सहुलियत दरको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरूले ठाउाम नपुर्याई अन्तै लैजाने गरेको स्थानीयबासीको आरोप छ । खाद्यान्न ढुवानीको लागि ठेक्का लिएका ठेकेदारले कर्मचारीहरुसँगको मिलेमतोमा चामल बेच्ने गरेको आरोप स्थानीयहरुले लगाएका छन् ।

खाद्यान्न नआएपछि स्थानीयहरु मुगुको सोरू गाउँपालिका–८ मा रहेको तारापानी बजार र गमगढीमा पुग्ने गरेका छन् । स्थानीयले हप्तौ लगाएर मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा पुगेर भेडा–च्याङ्ग्रालाई खाद्यान्न बोकाएर ल्याउँदै आएका छन् । उनीहरुले चामल आए पनि मंहगोमा किन्नुपर्ने गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्