द्वन्द्वकालमा यौन हिंसा भोगेका महिलाको कथामा ‘नाटक’



कैलाली : सशस्त्र द्वन्द्वको समयमा यौन हिंसाको चपेटामा परेका महिला तथा बालिकाहरुको पीडालाई राज्यले वेवास्ता गरेका कारण उनीहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । 

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मी जया लुइँटेलले द्वन्द्वको बेला भएका हत्या, बेपत्ता, लुटपात जस्ता घटनालाई राज्यले सम्बोधन गरे पनि यौन हिंसाबाट पीडित महिलाको अवाज जस्ताको तस्तै रहेको बताइन् ।

यस्तै पीडामा रहेका महिलाको अवाज बाहिर ल्याउन पौष १४ गते शनिबार धनगढीमा ‘तोडौं मौनताः अन्त्य गरौं दण्डहिनता’ नामक कार्यक्रम गरिने भएको छ । कार्यक्रममा कथा, चित्रकला तथा नाटक प्रस्तुत  हुनेछ । 

सामाजिक संरचनाक कारण हिंसा प्रभावित महिलाले आफ्नो आवाज सरकार सम्म पुर्‍याउन नसकेकाले उनीहरुले भोगेको बास्तविक कथालाई समेटेर कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रममार्फत हिंसा पीडित महिलाको बास्तविक घटनाबारे जानकारी गराउँदै सरकारलाई न्यायको लागि दबाव दिने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्