कादर खानको अवस्था अझै नाजुक



मुम्बई : बलीउड एक्टर र चिरपरिचित फिल्म लेखक कादर खानको स्वास्थ्यस्थिति अत्यन्त नाजुक भएको छ । निमोनियाको समस्यापछि कादरलाई अस्पताल भर्ना गरिएको छ । उनी अहिले आफ्नो छोरासँग क्यानडामा बसिरहेका छन् । 

सुत्रका अनुसार सास लिन गाह्रो भएपछि कादरलाई बाइप्याप भेन्टिलेटरमा राखिएको छ । अस्पतालमा उनी कुराकानी गर्न नसक्ने भएका छन् । 

चिकित्सकका अनुसार कादर प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी भन्ने रोगबाट पीडित छन् । सन् २०१७ मा कादरको घुँडाको शल्यक्रिया गरिएको थियो । 

बलीउड बादशाह अमिताभ बच्चनले उनका लागि भावोत्तेजक पोस्ट पनि लेखेका छन् । 

स्मरणीय छ, कादर  सन् २०१५ मा मांसपेशीको दुखाइ र मधुमेहको उपचारका लागि भारत हरिद्वारस्थित बाबा रामदेवको आश्रममा गएका थिए । कादरले तीन सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । धेरैवटा फिल्मका उनी स्क्रीनप्ले राइटर पनि छन् ।

प्रतिक्रिया दिनुहोस्