गैँडाको आक्रमणबाट चार महिला घाइते



कञ्चनपुर : गैँडाको आक्रमणबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खर काट्न गएका चार महिला घाइते भएका छन् । 

गैँडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ की ३७ वर्षीया सीता उपाध्याय, ६० वर्षीया दुर्गादेवी उपाध्याय, ३८ वर्षीया सरस्वती साउद र ३३ वर्षीया सुशीला उपाध्याय घाइते भएका हुन् ।  

घाइतेलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ । निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीले आजदेखि तीन दिनका लागि खर काट्न खुला गरेको छ । 

प्रतिक्रिया दिनुहोस्