युवालाई सहुलियपूर्ण कर्जा दिन तीन बैंक सहमत



काठमाडौं : युवाहरूलाई सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन तीन वाणिज्य बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र बैंकहरूको संयुक्त आयोजनामा भएको कर्जाको घोषणा कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले युवाहरूलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका छन् ।

बैंकहरूले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौतामा हस्ताक्षर पनि गरेका छन् ।

सम्झौतापत्रमा परिषद्का उपाध्यक्ष माधव ढुंगेलसँग राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार कार्की, नेपाल बैंकका सिइओ कृष्णबहादुर अधिकारी र कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारकार कर्जा लक्षित समुदायलाई प्रवाह गर्ने बताएका छन् । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्