आठ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० विमानमार्फत नेपाल आएका दुई जना चिनियाँ नागरिकलाई विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ गरिएको डिएसपी दिपक खड्काले जानकारी दिए।

उनकाअनुसार पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन्। राति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४/४ किलो सुन बरामद गरिएको उनले बताए। अनुसन्धान जारी रहेकाले उनीहरुको बारेमा थप केही खुलाइएको छैन। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्