अभिताभ बच्चनले बलिउड छोड्ने संकेत, यस्तो छ कारण



एजेन्सी : बलिउडका महानायक अमिताभ बच्चनले फिल्म उद्योग छोड्ने संकेत दिएका छन् । बिहिबार ब्लग लेख्दै उनले बलिउड छाड्ने संकेत दिएका हुन् ।

उनले सन् १९६९ नोबेम्बरमा फिल्म ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा पाइला राखेका थिए । उनको बलिउडमा फिल्मी यात्राले ५० वर्ष पार गरिसकेको छ ।

पछिल्लोे समय शुटिङको दौरान बारम्बार बिरामी पर्न थालेका महानायकले बलिउड छोड्ने संकेत गराएका छन् । उनले फिल्म ‘ब्रम्हस्त्र’ को शुटिङको विषयमा उजागार गर्दै मनालीसम्म पुग्दाको आफ्नो अनुभव सेयर गरेका छन् ।

उनले ब्लगमा दिमागले अर्कै र औलाहरुले अर्कै भाषा बोलिरहेको उल्लेख गर्दै यसलाई एउटा म्यासेज भएको जनाएका छन् । उनले आफ्नो रिटायर हुने समय आएको समेत ब्लगमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्