कर्णाली प्रदेशकप : कालिकोट र सल्यान विजयी 



सुर्खेतः कर्णाली प्रदेशकप अन्तर्गत शनिबार भएका खेलमा कालिकोट र सल्यान विजयी भएका छन् । कालिकोटले आयोजक रुकुम र सल्यानले डोल्पालाई पराजित गरेको हो । शनिबार भएको पहिलो खेलमा कालिकोटले रुकुमलाई ७ विकेटले पराजित गरेको हो ।

 

 टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको थियो । उसका लागि विजय बिष्टले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो अंक जोड्न सकेनन् । कालिकोटका लागि प्रतिक गिरीले सर्वाधिक ४ विकेट लिएका थिए । 

 

जवाफी ब्याटिङ्मा उत्रिएको कालिकोटले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । उसका लागि प्रतिक गिरीले नट आउट ४३ रन बनाए । उनि म्यान अफ द म्याच घोषित भए ।

 

दोस्रो खेलमा सल्यानल डोल्पालाई ७ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको डोल्पाले १४ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर ६४ रन जोडेको थियो । 

 

डोल्पालाई सस्तैमा समेट्ने क्रममा सल्यानका दिवान पुनले सर्वाधिक ४ विकेट लिए । जवाफी ब्याटिङ्मा उत्रिएको सल्यानले मात्र ४ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । 

 

यो संगै ग्रुप ए को खेल रोमाञ्चक मोडमा पुगेको छ । आयोजक रुकुम र डोल्पाको खेलपछि आइतबार समुह ए बाट सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्ने छ । आइतबार रुकुम र डोल्पाकासाथै सुर्खेत र जुम्लाबीचमा खेल हुने आयोजकले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्