टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित



एजेन्सी : इंग्लिस प्रिमियर लिग उपाधिहोडमा रहेको टोटनह्याम हस्टपुरलाई गम्भीर धक्का लागेको छ । शनिबार भएको खेलमा टोटनह्याम वेल्भेससँग ३–१ ले पराजित भएको हो । 

टोटनह्यामले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा पराजित भयो । पहिलो हाफको २२ औं मिनेटमा हेरी केनको गोलमार्फत अग्रता लिएपनि दोस्रो हाफको अन्तिम समय टोटनह्यामका लागि पिडादायक रह्यो । 

वेल्भेसका लागि बोले, जिमेन्जा र हेल्डरले क्रमश ७२, ८३ र ८७ मिनेटमा गोल गरेका थिए । टोटनह्यामले २० खेलबाट ४५ अंक बनाएको छ । 

त्यस्तै प्रिमियर लिग अन्तर्गतनै भएको खेलमा लेस्टरलाई कार्डिफ सिटीले पराजित गर्‍यो । कार्डिफले खेलको अन्तिम मिनेटमा गरेको एकमात्र गोल लेस्टरलाई हराउन पर्याप्त बन्यो । लिगमा लेस्टर सिटी २८ अंकका साथ आठौं स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्