प्रिमियर लिग : दाबेदार टिमहरु मैदान उत्रँदै



एजेन्सी : इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार चार खेल हुँदैछन् ।

म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर यूनाइटेडजस्ता बलिया क्लबहरुको खेल भएकोले आइतबारका खेल निकै रोमाञ्चक हुने आश गरिएको छ ।

आइतबारको पहिलो खेल क्रिस्टल प्लालेस र चेल्सीबीच साँझ पौने ६ बजे हुनेछ । राति ८ बजे बर्नली र वेस्टह्याम यूनाइटेड भिड्नेछन् भने सोही समयमा साउथह्याम्पटन र म्यानचेस्टर सिटी पनि एकअर्काविरुद्ध मैदान उत्रनेछन् ।

आइतबारको अन्तिम खेल राति सबा १० बजे म्यानचेस्टर यूनाइटेड र बर्नमाउथबीच हुनेछ ।

 

२० औं चरणको खेल जारी रहँदा लिगको अंकतालिकामा ५४ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । ४५ अंक भएको टोटनह्याम दोस्रो स्थानमा छ भने ४४ अंक भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ ।

 

चेल्सी, आर्सनल र म्यानचेस्टर यूनाइटेड क्रमश ४०, ३८ र ३२ अंकसहित चौथौं, पाँचौं तथा छैठौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्