महिला फुटबलमा नेपालको जित



पोखरा : १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल विजयी भएको छ ।

योसँगै फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।

मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्