साग : भुटानलाई नेपालले दियो २ सय ३७ रनको विशाल लक्ष्य



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको जारी क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धाति २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ९ छक्का र ५ चौका प्रहरा गरे । त्यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए ।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्