पुरुष क्रिकेट : नेपालद्वारा माल्दिभस पराजित, फाइनल पुग्ने सम्भावन जिवितै



काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले पराजित भएको छ ।

शुक्रबार कीर्तिपुरको क्रिकेट मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभारमा ६ विकेट गुमाएर ७९ रन बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो । नेपालका करण केसीले अविजित रहदै ४० रन बनाए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९र१९ रन बनाउँदा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रन बनाए ।

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावन जिवितै राखेको छ । तीन खेलमा नेपालले दुईमा जित हात पारेको छ। फाइनलमा पुग्न अब अन्तिम खेलमा नेपालले बंगलादेश यू २३ लाई जित्ने पर्ने दबाब रहने छ ।

प्रतिक्रिया दिनुहोस्