गौरिकालाई अर्को स्वर्ण



काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा आज गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । गौरिकाको जारी सागमा यो दोस्रो स्वर्ण हो ।

प्रतिक्रिया दिनुहोस्