नाम परिवर्तनसँगै चर्चामा आएका बलिउड अभिनेत्री



काठमाडौं : जन्मिदा एउटा नाम भएपनि करियर अघि बढ्दा धेरैले आफ्नो नाम बदल्ने गरेको पाइन्छ । त्यस्तै धेरै कलाकर्मीले पनि आफ्नो नाम परीवर्तन गरेका छन् । बलिउडका अभिनेत्री जसले नाम परिवर्तन गरेर फिल्मी पर्दामा उदाए, उनीहरु हिट बनेका छन् ।

प्रिति जिन्टा


बलिउड हिरोइन प्रिति जिन्टाको नाम प्रितम जिन्टा थियो । अहिले प्रिति नामले नै उनी चर्चामा छिन् ।

शिल्पा शेट्टी


शेट्टीबाट कुन्द्र बनेकी नायिका र राजस्थान रोयल्सकी सहमालिक शिल्पाको नामको पछाडि निकै रोचक कथा जोडिएको छ । उनी चलचित्रमा शिल्पाको नामबाट आइन्, तर बाल्यकालमा उनलाई अश्विनी शेट्टीको नामले चिनिने गरिन्थ्यो । किशोर अवस्थामा उनले गणितीय ज्योतिषका अनुसार आफ्नो नाम शिल्पा राखेकी हुन् ।

कट्रिना कैफ


कट्रिनाले बलिउडमा छिर्नुअघि मात्र नाम परिवर्तन गरेकी थिइन् । उनको वास्तविक नाम कट्रिना तुर्कुओत्ते थियो । जेकी श्राफकी श्रीमती आयशा श्राफले कट्रिनालाई तुर्कुओत्ते हटाएर कैफ राख्न सल्लाह दिएकी थिइन् । यसको मुख्य कारण कट्रिनाको नाम मानिसलाई बोल्नका लागि सहज होस् भन्ने मात्र चाहना थियो ।

मल्लिका शेरावत


अभिनेत्री मल्लिका शेरावतको असली नाम रिमा लाम्भा हो । उनले यो नाम रहँदै सन् २००२ मा आएको चलचित्र ‘जीना सिर्फ मेरे लिए’मा एउटा सानो भूमिका पाएकी थिइन् । उक्त चलचित्रमा अर्की रीमा नाम गरेकी कलाकार पनि थिइन् । यसकारण आफ्नो नाममा मानिस नझुक्किउन् भनेर परिवर्तन गरी मल्लिका राखेकी थिइन् ।

रेखा


सुन्दरताका कारण आज पनि निकै चर्चा बटुल्ने गरेकी नायिका रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । उनले आफ्नो नाम भानु र थर गणेशन हटाएर मात्र ‘रेखा’ नामबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी चाहन्थिन् कि आफ्ना प्रशंसकलाई आफ्नो नाम निकै लामोसमयसम्म याद होस्, जसका लागि सजिलो नाम हुनु पनि आवश्यक थियो ।

प्रतिक्रिया दिनुहोस्