एनआरटी र मच्छिन्द्र ५–५ गोलको बराबरीमा



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १२ औं चरणको खेल सोमबारबाट सुरु भएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटेमा सोमबार भएको पहिलो खेलमा न्यूरोड टिम एनआरटी र मच्छिन्द्र क्लबले ५–५ गोलको बराबरी खेलेको छ ।

 

मच्छिन्द्रले खेलको ३० औं मिनेटसम्ममा ४–१ को अग्रता लिइसकेको थियो । तर पनि खेलमा जित निकाल्न सकेन ।

 

बराबरीसँगै एनआरटी अंक तालिकाको पुछारमै रहेको छ भने मच्छिन्द्र क्लब १२ औं स्थानमा छ । १२ खेलबाट एनआरटीले ६ अंक जोड्दा मच्छिन्द्रको ७ अंक भएको छ ।

 

लिग अन्तर्गत सोमबार अन्य दुई खेल पनि हुँदैछन् । सोमबारका अन्य खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजको र जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । 

लिगमा एघारौं चरणको खेलबाटै मनाङ मस्र्याग्दी क्लब च्याम्पियन बनिसकेकाले अब दोस्रो स्थानका लागि प्रतिष्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्