सडक विस्तारको माग राख्दै वीरगन्जमा प्रदर्शन



वीरगन्ज : वीरगन्ज विकास युवा संघर्ष समितिले सडक विस्तारको माग गर्दै वीरगन्ज महानगरपालिका कार्यालय अगाडी धर्ना दिएका छन् । संघर्ष समितिले वीरगन्जको घण्टाघर चौकबाट निकालेको विरोध जुलुस नगरपरिक्रममा गर्दै महानगरपालिकाको कार्यालय अगाडी एक घण्टा धर्नासहित विरोध प्रदर्शन गरेका हुन ।

वीरगन्जको मुख्य सडक २५/२५ मिटर विस्तारमा षडयन्त्र भएको भन्दै उनीहरुले महानगरपालिका अगाडी मेयर लगायत सडक विस्तार रोक्न षडयन्त्र गर्ने विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

संघर्ष समितिको पूर्व निर्धारित विरोधको कार्यक्रमअन्तर्गत वीरगन्जमा विरोध र्याली तथा धर्ना कार्यक्रम सम्पन्न भएको संघर्ष समितिका सचिव संदिप विक्रम साहले बताए ।

प्रदर्शनकारीहरुलाई मेयर बिजय सरावगीले समय नदिँदा थप आक्रोशित हुँदै मेयरविरुद्ध चर्को नारावाजी गर्दै राजीनामा समेतका माग गरेका थिए । वीरगन्जको मुख्य सडक २५/२५ मिटर नतोड्न मुद्दाको पेशी सर्वोच्च अदालतमा ५ पटक सरेका कारण त्यस भित्र ठूलो आर्थिक चलखेल भएको संर्घष समितिको आरोप छ ।

प्रदर्शनमा संर्घष समिति संयोजक अकलेश साह, संदिप विक्रम साह, रञ्जित चौरसिया, बिवेक साह, रोमी साह, राकेश पटेल, धर्मेन्द्र पटेल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्