छोरीको बाबु बने कपिल शर्मा



एजेन्सी : भारतीय कमेडियन कपिल शर्मा छोरीको बाबु बनेका छन् । मंगलबार बिहान ३ः३० बजे ट्विट गर्दै उनले आफू पिता बनेको जानकारी दिएका हुन् । उनले एक वर्षअघि गिन्नी चतरथसँग विवाह गरेका थिए ।

उनले ट्विटमा लेखेका छन्, ‘हाम्रो छोरी भएकी छिन् । तपाईंको आशिर्वादको आवश्यकता छ । सबैलाई माया । जय माता दी ।’

कपिलको ट्विटपछि सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको घुँइचो लागेको छ ।

लामो समयदेखि भारतीय हाँस्यव्यङ्ग्यको क्षेत्रमा जमेका कलाकार कपिल शर्माले गत वर्ष डिसेम्बर १२ मा जालन्धरमा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्