एसियाकै सबैभन्दा ‘सेक्सी’ महिला आलिया, पूरै दशकमा दीपिका अगाडि



एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्ट २०१९ की एसियाकै सबैभन्दा ‘सेक्सी’ महिलाको सूचीमा पहिलो नम्बरमा परेकी छिन् । भने अर्की अभिनेत्री दीपिका पादुकोण पूरै दशकमै सबैभन्दा सेक्सी महिला चुनिएकी छिन् ।

बुधबार लण्डनको एउटा अनलाइनले गरेको चुनावमा यी दुईलाई सबैभन्दा धेरै भोट हालिएको थियो ।

लण्डनको साप्ताहिक पत्रिका ईस्टर्न आईले गरेको उक्त चुनावमा आलियालाई सबैभन्दा बढी भोट प्राप्त भएको थियो । उनले २०२० को ओस्कार अवार्डमा मनोनित हुन सफल फिल्म ‘गली ब्वाई’ मा मुख्य भूमिका निभाएकी छिन् ।

यसैगरी, दीपिका पादुकोण गत वर्ष यस शीर्षकको पहिलो स्थानमा परेकी थिइन् । तर यो वर्ष उनको ताज आलियाले खोसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्