स्काईप भिडियोमार्फत ३ वर्षसम्म १३ वर्षीया किशोरीमाथि यौनशोषण



एजेन्सी : इङ्ग्ल्याण्ड प्रहरीले एक किशोरीमाथि यौन शोषण गरेको आरोपमा ३३ वर्षीया महिलालाई पक्राउ गरेको छ । उनीमाथि १३ वर्षीया बालिकालाई ३ वर्षसम्म यौन शोषण गरेको आरोप लागेको छ ।

उनले तीन वर्षदेखि १३ वर्षकी किशोरीमाथि यौनशोषण गर्दै आएकी थिइन् । ती महिलाले एक पुरुषसँग मासिक २ लाख डलर लिएर किशोरीलाई स्काइप भिडियोमार्फत विभिन्न यौनजन्य क्रियाकलाप रकम लिने पुरुषलाई देखाउँदै आएकी थिइन् ।

रकम दिने डिन पेट्ली विभिन्न यौनजन्य क्रियाकलाप स्काइप भिडियोमार्फत हेर्ने गथ्र्यो । उक्त व्यक्ति वारक्सशायरमा बसेर स्काइप कलमार्फत भिडियोमा ती किशोरीलाई गराइएको यौन क्रियाकलाप हेर्ने गर्थे । भिडियोमा पुरुष जे जे गर्न लगाउँथे ति महिला किशोरीमाथि त्यस्तै क्रियाकलाप गर्ने गर्थिन् ।

प्रहरीले पेट्लीको घरबाट एउटा हार्ड ड्राइभ बरामद गरेको छ जसमा ती किशोरीमाथि गरिएको सम्पूर्ण यौन शोषणका भिडियोहरु छन् । उक्त ड्राइभबाट २०१६ देखि २०१८ बीचमा १० अलग–अलग दिनमा किशोरीमाथि यौन शोषण भएको थियो । ती महिलाले किशोरीमाथि यौन शोषण गरेको स्वीकार गरेकी छिन् । उनलाई ६ वर्षको जेल सजाय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्