नाइट क्लबले लुट्यो सपनाः विमलसहित चारै जनाले ए डिभिजन पनि खेल्न नपाउने



काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक ए डिभिजन लिग खेल्न नपाउने भएका छन् ।

उनीहरु विश्वकप तथा एसिया कपको छनोट अन्तर्गत कुवेतसँगको ‘होम गेम’ को अघिल्लो दिन क्लबमा भेटिएपछि कारबाहीमा परेका थिए ।

एन्फाको उनीहरुलाई अनुशासन समितिले उनीहरुलाई असान्दर्भिक व्यवहारका कारण निलम्बन गरेको हो । शुक्रबारबाट नै लागू हुने गरी एन्फाले उनीहरुलाई निलम्बन गरेको जनाएको छ ।

एन्फाले विमल घर्ती मगर र दिनेश राजबंशीलाई ९० दिन तथा सन्तोष तामाङ र अन्जन विष्टलाई ४५ दिनका लागि निलम्बन गरेको हो। यसका साथै उनीहरुले जरिवानवापत ५० हजार समेत बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्