देशभर वर्षा र हिमपात, कुन ठाउँको मौसम कस्तो ?


काठमाडौं : पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशैभर वर्षा भएको छ । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै धनगढीमा ६४, नेपालगञ्जमा ५५, डडेलधुरामा ४३, वीरेन्द्रनगरमा ४१ र दिपायलमा ३२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २२, जुम्लामा १८, भैरहवामा नौ, ओखलढुङ्गा र दाङमा समान पाँच तथा काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँ उपत्यकासहित मुलुकभर वर्षा भएको छ । उपत्यकामा वर्षा र उच्च पहाडमा हिमपातसमेत भएकाले आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ ।

पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै हाल देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भइरहेको जनाएको छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ । अपराह्नदेखि पानी पर्न शुरु भएको थियो ।

राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा साथै पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ । मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने छ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानका साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम आठ र अधिकतम तापक्रम ११ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट आज सोमबार थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना

वीरगञ्ज : पुल निर्माण कार्यमा विवाद भएपछि बारा र रौतहटका स्थानियबीच झडप भएको छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि

काठमाडौं : शैलुङ र होनीको कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा तेस्रो मुद्दा दायर गरेको छ

विराटनगर : कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भर सामान्यतया बदली रही देशका केही स्थानहरुमा

काठमाडौं : चितवनमा बुद्ध र यती एयरलाइन्सरले आज दुई–दुई उडान गर्ने भएको छ । झण्डै

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मोदीका

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,