नेकपाको सचिवालय वैठक अपरान्ह बस्दै



काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा आज शनिवार पार्टी सचिवालयको बैठक पार्टी मुख्यालय धुम्बारहीमा बस्दैछ ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूची र प्रतिवेदन बारे छलफल गर्ने तयारी रहेको छ ।

हिजो शुक्रबारका लागि बोलाइएको सचिलय बैठक अन्तिममा आएर नेताहरुको व्यस्तताका कारण भन्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्