बलिउडमा स्टार विवाहको वर्ष



मुम्बई: बलिउड २०१८ स्टार विवाहको वर्ष बन्यो। दीपिका, प्रियंका, सोनम, नेहाजस्ता अभिनेत्रीले विवाह गरे। यिनीहरूको विवाह चर्चामा रह्यो। अभिनेता पुरव कोहलीले १७ फेब्रुअरीमा लुसी पेटनसँग गोवामा विवाह गरे। यस्तै अभिनेता मोहित मारवाहले अन्तरा मोतीवालासँग यूएईमा २० फेब्रुअरीमा विवाह गरे।

 

दक्षिण भारतका स्टार श्रीया सरनले आफ्नो रसियन ब्वाइफ्रेन्ड आन्द्रेई कोसचिवसँग उदयपुरमा विवाह गरिन्। २२ अप्रिलमा अलिबागमा मिलिन्द सोमणले अंकिता कोबरसँग विवाह गरे। यस्तै अभिनेत्री पूजा वेलिङले केतन नाईलाई २५ अप्रिलमा मुम्बईमा अफ्नो जीवनसाथी बनाइन्।

 

शिव पण्डितले अमिरासँग दिल्लीमा ७ मेमा विवाह गरिन्। अभिनेत्री सोनम कपुरले ब्वाइफ्रेन्ड आनन्द आहुजासँग मुम्बईमा ८ मेमा धूमधामसँग विवाह गरिन्। १० मेमा नयाँदिल्लीमा अभिनेत्री नेहा धुपियाले अभिनेता अंगद बेदीसँग गुपचुप विवाह गरिन्। ११ मेमा गायक, संगीतकार, अभिनेता हिमेश रेसमिया दोस्रो पटक बेहुला बने। उनले अभिनेत्री सोनिया कपरसँग मुम्बईमा विवाह गरेका हुन्। नो वन किल्ड जेसिका और रेडजस्ता फिल्मका निर्देशक राजकुमार गुप्ताले अभिनेत्री मायरा कर्णसँग २० जुनमा राँचीमा विवाह गरे।

 

अभिनेत्री श्वेता त्रिपाठी र गायक चैतन्य शर्माले २९ जुनमा गोवामा विवाह गरे। मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्तीले अभिनेत्री मदालसा शर्मासँग १० जुलाईमा उटीमा सात फेरा लिए। १५ सेप्टेम्बरमा सुमित कौलले एकता कौलसँग जम्मुमा विवाह गरे। गायक तथा संगीतकार आर्को पार्वो मुखर्जीले गर्लफ्रेन्ड दीपिका सुदलाई २२ सेप्टेम्बरमा कोलकातामा पत्नी बनाए। १४ र १५ नोभेम्बरमा इटलीमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह एक भए। प्रियंका चोपडले २ डिसेम्बरमा जोधपुरमा निक जोनासलाई जीवनसाथी बनाइन्।

 

कमेडियन कपिल शर्माले जालन्धरमा गिन्नी चतरथसँग १२ डिसेम्बरमा विवाह गरे। यस्तै अभिनेता हर्ष नागर र अभिनेत्री तनवी व्यासले १२ डिसेम्बरमा विवाह गरे। पुणेमा १३ डिसेम्बरमा अभिनेत्री श्वेताप्रसाद बसु र फिल्ममेकर रोहित मित्तलले विवाह गरे। फिल्म निर्माता दिनेश विजानले प्रमिता तम्बरलाई १३ डिसेम्बरमा मुम्बईमा जीवनसाथी बनाए। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्