रोनाल्डोलाई पछि पार्दै मेस्सी नम्बर एक



एजेन्सी : सन् २०१८ को क्यालेन्डर वर्षमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी नम्बर एक खेलाडी बन्न सफल भएका छन् । 

मेस्सीले २०१८ को वर्ष खेलाडी बन्ने क्रममा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेका छन् । 

गतवर्षको जनवरी एकदेखि २०१९ को जनवरी एकसम्म मेस्सीले क्लब तथा देशबाट ५१ गोलगर्दा क्रिस्टियानो रोनाल्डोले ४९ गोल गरे ।

 

मेस्सीले क्लबका तर्फबाट ४७ तथा देशबाट ४ गोल गरेका छन् । त्यस्तै रोनाल्डोले क्लबाट ४३ र देशबाट ६ गोल गरेका छन् ।

 

क्यालेन्डर वर्षमा भने मेस्सीको नाम ७७ गोलका लागि समावेश भएको छ । उनले ५१ गोल आफै गरेका हुन् भने २६ गोलका लागि पास दिए ।

यस्तै रोनाल्डो समग्रमा ६२ गोलका लागि समावेश भए । उनले ४९ गोलगर्दा १३ गोलका लागि पास दिए ।

 

मेस्सी गतवर्ष ला लिगाको सर्वाधिक गोलकर्ता समेत बनेका थिए । कुल ३४ गोल गरेका उनी पाँचौ पटक यूरोपियन गोल्डेन बुट प्राप्त गर्दै किर्तिमान बनउन सफल भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस्