भलिबल खेलाडीलाई सभामुखको बिदाइ 



जनकपुरधाम : दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका लागि प्रदेश २ का खेलाडीलाई बिदाइ गरिएको छ ।

खेलकुद मन्त्रालयको सहकार्यमा पुस १९ देखि २३ गतेसम्म प्रदेश १ को इटहरीमा सञ्चालन हुने खेलमा सहभागी हुन खेलाडीहरूलाई प्रदेश २ का सभामुख सरोज यादव र उपसभामुख उपमा देवले फूलमाला र अबिर लगाएर बिदाइ गरेका छन् ।

१२ खेलाडी र ३ अफिसियलसहित १५ जनाको टोलीलाई बुधबार प्रदेशसभा भवनमा आयोजित एक कार्यक्रमका बीच बिदाइ गरिएको हो ।

आइतबारदेखि सुरु हुने दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा देशका सातवटै प्रदेश र ३ विभागीय टोली गÞरी जम्मा १० वटा टिम सहभागी हुने प्रदेश २ का मुख्यप्रशिक्षक भरत यादवले सञ्चारकर्मीलाई जानकारी दिए ।

यादवले द नेपालटपसँग कुरा गर्दै भने, ‘धनुषा, महोत्तरी, सिरहालगायतका जिल्लाबाट खेलाडी छानेका छौं । हाम्रा लागि तीनवटा विभागीय टोली नै मुख्य चुनौती रहनेछन् ।’ उनले वैशाखमा नेपाली सेनाको टिमलाई हराएकाले प्रदेश २ टोलीको परफरमेन्स राम्रो रहने दाबी गरे ।

बिदाइ गरिएकामा मुख्यप्रशिक्षक यादवसहित सहायक प्रशिक्षक जीवनारायण सिंह, व्यव्यस्थापक श्रीप्रसाद यादव र खेलाड़ीहरू धर्मेन्द्रकुमार यादव, बेचन साह, शंकर यादव, राकेशकुमार यादव , कृष्णालगायत १२ जना छन् । 

दोस्रो सभामुख राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो पुरस्कार पाँच लाख, दोस्रो ३ लाख र तेस्रो १ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्