मध्यरातमा सिडियोले बाँडे कम्बल



जनकपुरधाम : धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले सडकमा रात काट्नेहरूलाई कम्बल वितरण गरेका छन् । 

मंगलबार राति १० बजेपछि जनकपुरको सडकमा निस्केका प्रजिअ कणेलले राति नै रामचोक, धनुषसागर, जानकी मन्दिर प्रांगण, जनकचोक, जनकपुर अञ्चल अस्पताललगायत ठाउँमा सडकमा रात काट्ने दर्जनौं विपन्न र असहायलाई कम्बल वितरण गरेका हुन् ।

कणेलले मंगलबार राति २१ थान कम्बल वितरण गरेको जानकारी दिए । उनले जाडो महिनामा बाटोमा जीवनयापन गर्ने गरिबगुरुवाको अवस्था बुझ्न रात्रिकालीन अवलोकन सुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्