रेखाको राजः जसले ६५ वर्षसम्म पनि बूढी हुन दिएन



एजेन्सी : बलिउडकी सदावहार अभिनेत्री रेखा ६५ वर्षकी भइन् । सामान्यतयाः हेर्दा ६५ वर्षको महिलालाई वृद्ध महिला मानिन्छ । ६५ वटा बसन्त पार गरिसकेकी रेखालाई हेर्दा उनी उमेरभन्दा निकै जवान देखिन्छिन् ।

जवान मात्रै होइन उनी सुन्दरताकी खानी नै हुन् । ६५ वर्षको उमेरमा पनि उनी २० वर्षकी कुनै अभिनेत्रीको तुलनामा पनि निकै उचाइमा हुन्छिन् ।

धेरै वर्ष उमेर भइसक्दा पनि उनको सुन्दरताको राज महङ्गा मेकअपका सामाग्रीभन्दा पनि घरेलु उपायहरु ज्यादै महत्त्वपूर्ण हुने रेखा बताउँछिन् ।

ब्युटी रुटीन
धेरै उमेर भइसक्दा पनि अनुहारमा चाउरीपना नआउनुको पछाडि उनको ब्युटि रुटिनले महत्त्वपूर्ण भूमिका खेलेको छ । उनी छानाको स्याहार गर्नको लागि तालिका बनाउँछिन् । उनी नियमित रुपमा टोनिङ, क्लिन्जिङ, मोस्चराइजिङ र फेशियल गर्छिन् । उनको छाला सफा र नरम छ ।

उनी कलिलो छालाको लागि प्राचिन र अरोमाथेरापी प्रयोग गर्छिन् । जसले उनलाई सधै फ्रेस देखाउँन मद्दत गर्छ । जसले छालामा भएको रौंहरुलाई टल्काउने काम गर्छ ।

उनी महिनाको एकपटक शरीरका लागि स्पा जाने गर्छिन् । जसले तनाव कम गराउँछ । जसले छालामा चमक ल्याउँछ । साथै, बढ्दो उमेरलाई पनि कम देखाउँछ ।

उनको अनुहार र शरीर मात्रै होइन कपाल पनि उत्तिकै राम्रो छ । उनी कपालको लागि अमला, मेथीदाना र नरिवलको तेल प्रयोग गर्ने गर्छिन् । साथै हप्तामा दुईपटक मह, दही र अण्डाको सेतो भाग हालेर हेयर मास्क लगाउने गर्छिन् ।

यसका साथै उनी दैनिक रुपमा कपालमा तेल मसाज गर्ने गर्छिन् । कहिले नरिवलको तेल, कहिले बदामको तेल प्रयोग गरेर नुहाउने गर्छिन् ।

उनी आफ्नो अनुहारमा जहिल्यै पनि तैलिय मेकअप गर्ने गर्छिन् । उनी फिल्मको लागि पनि मेकअप आफै गर्ने गर्थिन् । उनी मेकअप पुछ्नको लागि नरिवलको तेल प्रयोग गर्ने गर्छिन् ।

अनुहार र छालाको स्याहारले मात्रै मानिसलाई जवान देखाउँदैन । त्यसको लागि स्वस्थ आहारको पनि उत्तिकै जरुरत हुन्छ । यसका लागि रेखा खानामा फलफूल, किसमिस, हरियो सागसब्जी खाने गर्छिन् । उनी तारेको, भुटेको खानाभन्दा धेरै पकाएको खाना खाने गर्छिन् । खानामा सलाद, दही खाना मन पराउँछिन् । भातको साटो उनी रोटी खाने गर्छिन् । साथै, काम गरेपछि एक गिलास जुस नियमित पिउने गर्छिन् ।

एक दिनमा १० देखि १२ गिलासम्म पानी पिउने गर्छिन् । उनी हरेक दिन १० देखि १५ मिनेट व्यायाम गर्छिन् र १५ मिनेट मेडिटेसन गर्छिन् । उनी फिटनेसको लाग जिम पनि जाने गर्छिन् । बागवानी र डान्स गरेर उनी शरीरलाई दुरुस्त बनाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्