सलमानलाई पाउन ऐश्वर्याले जब घर छोडेर हिँडिन्



एजेन्सी : बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने सायदै कोहि होला । त्यहि प्रेमसम्बन्धमा जेपनि गर्न पछि नहट्ने यी दुई अव एक अर्कालाई देख्न पनि चाहादैनन् ।

बलिउडमा सुन्ने गरिन्छ कि सलमानले रायको प्यारको लागि जेपनि गर्न पछि हटेनन् । तर कमैलाई मात्र थाहा छ कि सलमानको माया पाउनकोलागि ऐश्वर्याले के मात्र गरिनन् ।

खासमा ऐश्वर्या र सलमानको प्रेमसम्बन्ध १९९७ मा शुरु भएको थियो । त्यस समयमा सलमान बलिउडका सुपरस्टार बनिसकेको थिए । भने ऐश्वर्या बलिउडमा आफ्नो स्थान बनाउन संघर्षरत थिइन् । साथै सलमानको पाकिस्तानकी सोमी अलीसँग प्रेमसम्बन्ध थियो ।

खबरको अनुसार विश्व सुन्दरीको ताज परिरिएपछि ऐश्वर्या सलमानलाई मन परेको र उनको लागि सोमीसँग ब्रेकअफ गरेका थिए । सलमानले ऐश्वर्यालाई फिल्ममा ल्याउन निकै मद्दत गरेका थिए ।

संजय लीला भंसालीले सलमान खानको प्रस्तावमा फिल्म ‘हम दिल दे चुके सनम’ मा ऐश्वर्यालाई डेब्यू गराएका थिए । कॉस्ट किया था। ‘हम दिल दे चुके सनम’ को शूटिंगको क्रममा ऐश्वर्या राय र सलमान खानबीच प्रेम झ्याङिगएको थियो । ऐश्वर्या सलमानलाई भेट्न उनको घरसमेत जान थालिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्याको माता पिता यी दुईको सम्बन्धमा खुशी थिएनन् । किताव को अनुसार ऐश्वर्या जब परिवारले सलमानसँग सम्बन्ध टुटाउन दबाब दियो तब आफ्नो परिवारको घर छोडेर हिडेकी थिइन् । यानकी सलमानको प्रेमको लागि आफ्नो घरपरिवारको छोडिदिइन् ।

प्रतिक्रिया दिनुहोस्