लेनदेनका कारण तीन बालबालिका अपरहण



काठमाडौँ : टोखाको शान्तिटोलस्थित होटल ब्लु स्टारमा अपहरण शैलीमा बन्धक बनाइ राखेका तीनजना बालबालिकाको प्रहरीले दुई दिनपछि उद्धार गरेको छ । बालबालिका बन्धक बनाएको कोठा बाहिर कुरुवा बसेका गोरखाका विनोद थापामगर पक्राउ परेका छन् ।

मामा नाता लगाउने आशीष सिजापतिले बालबालिकाकी आमासँगको लेनदेनमा तीन लाख असुल गर्न अपहरण तथा बन्धक बनाएको आरोप प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, अभियुक्त सिजापति अर्को अपहरण घटनामा हेटौंडामा पक्राउ परेका छन् ।

लबालिकाकी आमासँग दिदीको नाता लगाई अभियुक्त सिजापतिले तीन लाख ऋण दिएका थिए । परिसरका प्रवक्ता होविन्द्र वोगटीका अनुसार, दिदीले ऋण नफर्काएपछि सामाखुशी कोठाबाट भान्जा भान्जी बोकेर होटलमा पु¥याई तीन लाख फिरौती माग गरेका हुन् ।

पीडित बालबालिकाकी आमाले भने आफू काम विशेषले पोखरा घुम्न गएको मौकामा छोराछोरी अपहरणमा परेको जानकारी प्रहरीलाई बताउनुभएको छ । प्रहरीले छोराछोरी आफन्तको जिम्मा लगाई पोखरा घुम्न हिँडेकी ती महिलाको गतिविधिको सम्बन्धमा समेत अनुसन्धान गर्ने जनाएको छ ।

अभियुक्त सिजापतिले बालबालिकालाई होटलमा बन्धक बनाई राखेकै दिन काठमाडाँैबाट अन्य दुई जनालाई अपहरण गरी हेटाँैडा लजाँदै गर्दा अपहरित भाग्न सफल भएपछि सिजापति हेटौँडामा मङ्गलबार नै पक्राउ परेका थिए ।

यी दुइटै घटनामा आर्थिक लेनदेन रहेको भनाइ प्रहरीको छ । ब्याजको प्रलोभनमा लगानी गरिएको रकम नउठेपछि यस्तो अपराधका घटना हुने गरेका छन् । प्रहरीले विभिन्न प्रयोजनका नाममा व्यक्ति–व्यक्तिबीच ब्याजमा रकम लेनदेन नगर्न आग्रह गरेको छ ।

यसैबीच, चिकित्सक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको मुद्दामा नौ वर्ष कैद ५० हजार जरिवाना सजाय पाएका ४१ वर्षीय गोपाल योञ्जन नौ वर्षपछि पक्राउ परेका छन् । तत्कालीन पुनरावेदन अदालत हेटांैडाले सो फैसला गरेको थियो ।

चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन निर्देशन डा. श्रेष्ठलाई चौविसकोटीबाट अपहरण गरी चितवन, धादिङ, काठमाडौं र नुवाकोट हुदै १८ दिनपछि भारतबाट फिरौती रकम बुझी माझिमटारबाट अपहरण मुक्त गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा देव कुँवरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्