सुनसरीमा किन राखिएको थियो नौ हजार गोलीसहित एसएलआर ?



सुनसरी : सुनसरीको बराह क्षेत्रबाट एसएलआर हतियारसहित ठूलो परिमाणमा गोली बरामद भएको छ । आइतबार कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौ हजार थान गोली र हातहतियार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हातहतियार र गोली लुकाएर राखिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्