नदीमा डुबेर युवककाे मृत्यु



कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरीफाँटाका २३ वर्षीय दीपक वादीको मोहना नदीमा डुबेर मृत्यु भएको छ । नदीको मध्यभागमा वादीलाई डुबेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । 

तत्कालै इलाका प्रहरी कार्यालय कृष्णपुर गुलरियाबाट गएको प्रहरीको टोलीले वादीको शव नदीबाट निकालेको थियो । 

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्