स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक नेपालीसहित दुई भारतीय पक्राउ



वीरगन्ज : स्रोत नखुलेको रकमसहित प्रहरीले वीरगन्जण्ज्ञछ–१६ रजतजयन्ती चोकबाट एक महिलासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना भारतीय नागरिक रहेका छन् ।

प्रहरीले भारत बिहार मोतिहारी पुर्वी चम्पारण रक्सौल वडा नम्बर–१० का ४४ बर्षिय सुशिल कुमार शर्मा र १८ बर्षकी सरोजनी कुमारीलाई ४ लाख नेपाली रुपैयाँ सहित पक्राउ गरेको हो ।

सीमावर्ती शहर रक्सौलबाट ना २९ प ८५९५ नम्बरको नेपाली मोटरसाईकलमा सवार शर्माले बोकेको चार लाख नेपाली रुपैयाँ वीरगन्ज भित्र्याउने क्रममा वीरगन्ज १६ रजतयन्ती चौकमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

स्रोत खुलाउन नसकेको रकम सहित पक्राउ परेको शर्मा र सरोजनी संग सोधपुछ गर्दा आर्दशनगर स्थित रहेको आकृति कस्मेटीक पसलका संचालक राजकुमार अग्रवाल दिन गईरहेको बताएपछि प्रहरीले अग्रवाललाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेको दुवै भारतीय नागरिकको बयानको आधारमा अग्रवाललाई उनकै पसल अगाडी घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शाहीले बताए । पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्