सलमानलाई उछिन्दै ऋतिक बने विश्वकै आकर्षक हिरो



एजेन्सी : बलिउड अभिनेता ऋतिक रोशन विश्वकै आकर्षक हिरो बनेका छन् । ऋतिकले चर्चित अभिनेता ब्राड पिट र टम क्रुसलाई पनि उछिनेका छन् ।

उनी २०१८ को हेन्डसम अभिनेताको सूचीमा पहिलो स्थानमा आएको टाइम्स म्यागेजिनले जनाएको छ । 

बलिउडका चर्चित अभिनेता सलमान खान यस सूचीमा सातौं नम्बरमा परेका छन् ।

सूचीमा ब्राड पिट दोस्रो स्थानमा छन् भने टम क्रुज नवौं र प्रिन्स विलियम दसौं स्थानमा छन् ।

 

ऋतिक यसअघि २०११ र २०१२ मा एसियाका कामुक ६० पुरुषको सूचीमा पनि शीर्ष स्थानमा परेका थिए ।

टाइम्स म्यागेजिनले सार्वजकि गरेको २०१८ का विश्वका १० आकर्षक हिरोको सूची यसप्रकार छ ।

१. ऋतिक रोशन

२. ब्राड पिट

३. गान्डफ्रे जिएमओ

४. रोबर्ट पैटिन्सन

५. डेनजेल वाशिंगटन

६. उमर बोरकान टू द गाला

७. सलमान खान

८. नुह मिल्स

९. टम क्रुज

१०. प्रिन्स विलियम

 

प्रतिक्रिया दिनुहोस्