सुदूरपश्चिममा चाैतर्फी यात्रु सहायता कक्षा



कैलाली : नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरी ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशमा १२ वटा यात्रु सहायता कक्षा सञ्चालन गरेको छ ।

दसैं तिहार र छठ पर्वको अवसरमा राजधानी तथा देशका विभिन्न ठाउँबाट चाडपर्व मनाउन आउने र जाने सर्वसाधारणलाई लक्ष्य गरी ट्राफिक प्रहरीले यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको हो ।

 

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक टेकबहादुर जोराले कक्षाले सहज र सुरक्षित आवागमनको व्यवस्था र सवारी दुर्घटना न्यूनीकरण हने बताए ।

ट्राफिक प्रहरीले कैलालीको अत्तरिया, धनगढी र लम्की, कञ्चनपुरको महेन्द्रनगर, डडेलधुराको बागबजार र स्याउले, डोटीको पिपला, बैतडीको गोठलापानी, अछामको मंगलसेन, बझाङको सिमखेत, दार्चुलाको खलंगा र बाजुराको मार्तडी बसपार्कमा नागरिक सहायता कक्षा स्थापना गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्