स्वचालित पेस्तोलसहित दुई जना पक्राउ



ईटहरी : सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ८ कदम टोलबाट स्वचालित पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (बिहीबार) अपराह्न ५ बजे कदम टोलस्थित सार्वजनिक बाटोमा को९प७४८६ नम्बरको मोटरसाइकलमा सवार शंकास्पद दुई व्यक्तिलाई चेकजाच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले स्वचालित पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक मान प्रसाद प्रहरी निरीक्षकसार पक्राउ परेका उनीहरुको साथबाट फलामले वनेको कम्पनीको नाम नम्वर नखुलेको म्याजिन जडान गरेको स्वचालित पेस्तोल थान १ र सोही पेस्तोलमा लाग्ने 7.65 MM लेखिएको ५ थान गोली समेत लोड गरेको म्याग्जिन थान १ बरामद गरिएको छ ।

पक्राउ पर्नेका मोरङ सुन्दर हरैचा नगरपालिका ४ वस्ने वर्ष ३३ को जागिर खान र सुनसरी हरीनगरा गाउँपालिका वडा न. ७ वस्ने वर्ष ४७ को जमिल अंसारी रहेका छन् । प्रहरी चेकजाच गर्ने क्रममा खानको दाहिने पट्टिको कम्मरको भागमा पेटीले बाधेको अवस्थामा उक्त हतियार फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्